Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रक्तदान गरी मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव

    रक्तदान गरी मनाए अध्यक्ष लिङ्देनले जन्मोत्सव

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 840
    SHARES

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७ औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन्।

    उनले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गई रक्तदान गरेको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।



    रक्तदानपछि अध्यक्ष लिङ्देनले भने, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।”



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार