Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

    शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 687
    SHARES

    दाङ । दाङको शान्तिनगर गाउँपालिका-३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।

    विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।



    शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपको लाठीले प्रहार गर्दा विद्यार्थीको हात फ्याक्चर भएको छ भने दुबै हात सुनिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादु शाहीले जानकारी दिए ।



    विद्यार्थीको दायाँ हातको हड्डी फुटेको छ । घाइते छात्रा बुढाथोकीको फ्याक्चर भएको औंलाको अप्रेसनका लागि भोलि बिहीबार ७ बजेको समय तोकिएको बुझिएको छ ।

    यता विद्यार्थी कुटपिट गर्ने विषयलाई लिएर तीन विद्यार्थी संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा, अखिल क्रान्तिकारी दाङका खुमन पौडेलद्धारा संयु्क्त जारी प्रेस विज्ञप्ती घटना प्रति दुख व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार