Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियामा आँधीका कारण सात जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण सात जनाको मृत्यु भएको छ ।

एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर उनीहरूको मृत्यु भएको हो । उनीहरु आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।

उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरू पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।

यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरूपमा डुबेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077