Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल जारी

    सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल जारी

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल सुरु भएको छ।

    आज बिहान ९ बजेदेखि सिट बाँडफाँट कार्यदल र नेताहरूको बैठक बालुवाटार जारी रहेको छ। बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेको थियो ।



    दलहरूले आफूले दाबी गरेका क्षेत्रमा गत चुनावहरूमा प्राप्त मतलगायतबारे विश्लेषणसहित क्षेत्रगत छलफल पनि गरेका छन्।



    समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने गरी तयारी छ।

    प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भने असोज २३ मा हुने आयोगको कार्यतालिका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार