Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आन्तरिक छलफलपछि फेरि गठबन्धन बैठक बस्दै

    आन्तरिक छलफलपछि फेरि गठबन्धन बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सञ्चार मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेकै गठबन्धनको निरन्तरता चाहेको बताएका छन्।

    बालुवाटारमा सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले आज फेरि केहीबेरमा गठबन्धनको बैठक बस्ने जानकारी दिए।



    ‘गठबन्धन मुलुकको आवश्यकता हो। यही गठबन्धनलाई निरन्तरता दिन प्रधानमन्त्रीले चाहनुभएको छ,’ उनले भने, ‘आज फेरि गठबन्धनको बैठक बस्छ।’



    उनले पार्टीहरूमा आन्तरिक बैठक गरेर पुन: सत्ता गठबन्धनको बैठक बस्ने बताएका थिए।

    आज बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भए पनि कुनै सहमति भएको छैन।

    राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार