Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अहिले संसदीय दलको नेता बदल्ने समय होईन् : ज्ञानेन्द्र कार्की

    अहिले संसदीय दलको नेता बदल्ने समय होईन् : ज्ञानेन्द्र कार्की

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 495
    SHARES

    फाइल तस्विर

    काठमाडौ. । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन् ।

    शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कार्कीले यस्तो बताएका हुन् । उनले विपक्षीहरू आक्रामक भए पनि नेपाली कांग्रेस अलमलमा रहेको टिप्पणी गरे । नेता कार्कीले पार्टीको अहिलेको अवस्था के हो ? भन्दै बैठकमै प्रश्न गरे ।



    कार्कीले भने, ‘म अहिले नाम लिन चाहन्नँ , तर हाम्रा विपक्षीहरू निकै आक्रामक ढङ्गले मैदानमा ओर्लेका छन् । हामी अलमलमा छौ । हामी उल्टो बाटो नहिँडौं, हामी सुल्टो बाटो हिँडौ । ’



    उनले कांग्रेसको सभापति व्यक्ति नभएर संस्था भएको भन्दै सभापतिलाई कमजोर बनाउने मानसिकता कसैको भए आजैका मितिबाट त्यो मानसिकता त्याग्नुपर्ने बताए । उनले यस्तो अलमलले उल्टो बाटो हिँडिरहेको हो कि भन्ने चिन्ता र चासो सर्वत्र रहेको बताए ।

    उनले प्रतिकूलता र चुनौती बिर्सेर हिँडेमा काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भने जस्तै हुने बताए । उनले अहिले पार्टीको नेता र संसदीय दलको नेता बदल्ने समय नभएको भन्दै यदि त्यसमा कसैको साँच भए आजैबाट त्याग्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार