Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सांसद कार्की भन्छन्- चुनौतीपूर्ण अवस्थामा सरकारले हौसिएर बजेट ल्याउन छुट छैन

    सांसद कार्की भन्छन्- चुनौतीपूर्ण अवस्थामा सरकारले हौसिएर बजेट ल्याउन छुट छैन

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 519
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।

    अर्थमन्त्री डा।प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै कार्कीले यस्तो बताएका हुन्।



    सांसद कार्कीले सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने बताए ।



    अहिले अर्थतन्त्रमा समस्या र चुनौति रहेको उल्लेख गर्दै सरकारलाई हौसिएर बजेट बनाउने सुविधा नभएको उनको भनाइ छ ।

    उनले नेपाल विकासको फड्को मार्ने सम्भावना भएको मुलुक भएतापनि सरकारले सो अनुसार अगाडि बढाउन नसकेको भन्दै आगामी बजेट लोकप्रिय नभएर यथार्थपरक हुुन आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार