Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गराैँ : ज्ञानेन्द्रबहादुर कार्की

    भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गराैँ : ज्ञानेन्द्रबहादुर कार्की

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 630
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्नुपर्ने बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले सो क्षेत्रमा आवश्यक पूर्वाधार विकास भईसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।



    सांसद कार्कीले भने, ‘सुनसरी जिल्ला अवस्थित भोक्राहा नरसिंह गाउँपालिका विशेष आर्थिक क्षेत्रको रूपमा विकसित गर्नका निमित्त, यहाँ पूर्वाधारको व्यवस्था छ । तसर्थ, उक्त गाउँपालिकालाई विशेष आर्थिक क्षेत्रको रूपमा परिणत गर्न सभामुखमार्फत माननीय अर्थमन्त्रीज्यूको ध्यानाषर्कण गराउन चाहन्छु ।



    त्यस्तै, उनले पूर्वी पहाडी जिल्लाहरुमा बाढि र पहिरोमा परी धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई उचित राहत, उद्धार र पुनर्वासको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

    सांसद कार्कीले बाढी, पहिरो पीडितलाई सहज हुनेगरी आवश्यक खाद्यान्न लगायतका अति आवश्यक बस्तुहरुको व्यवस्था मिलाउन सरकारले चासो दिनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार