Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ज्ञानेन्द्र कार्की भन्छन् – कांग्रेस सामु प्रतिकुलता र चुनौतीका चाङ छन, आपसमा भिड्न नलागौँ

    ज्ञानेन्द्र कार्की भन्छन् – कांग्रेस सामु प्रतिकुलता र चुनौतीका चाङ छन, आपसमा भिड्न नलागौँ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 486
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापतिको विरोध गरेर पार्टी बलियो बनाउन नसकिने बताएका छन् ।

    शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्ना धारणा राख्नेक्रममा पूर्वअर्थ मन्त्रीसमेत रहेका कार्कीले सभापतिलाई कमजोर बनाएर कसैले पनि पार्टीलाई बनाउँछु भनेर सोच्नु गलत हुने बताए ।



    कार्कीले पार्टीको अघि भएका प्रतिकुलताको चुनौतीका चाङहरु भुलेर सबै सदस्यहरु आफू केन्द्रित भएकोप्रति गुनासो गर्दै पार्टीका सबै सदस्यहरु पार्टीको समस्यामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।



    उनले भने, ‘हाम्रा अघि प्रतिकुलता र चुनौतीका चाङहरु छन्। तिनीहरुलाई हामीले भुलेर आफू केन्द्रित भएर हामी अगाडि बढ्यौं भने काम कुरो एकातिर कुम्लो बोकी कता तिर भने झै हुन्छ । यी प्रतिकुलता र चूनौतीलाई कसरी हाम्रो अनुकुल बनाउन सकिन्छ भन्ने कुरामा नेपाली कांग्रेसलाई साथमा साथ हातमा हात मिलाएर अगाडि बढ्नुपर्छ।’

    कार्कीले प्रतिपक्षी दलहरु आक्रमकरुपमा प्रस्तुत हुँदा कांग्रेस भने अलमलमा परेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार