Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु

भियतनाम । दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाकोभियतनामको दक्षिणी सहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

मंगलबार राति कम्प्लेक्सको दोस्रो तल्लाबाट सल्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केहीले झ्यालको सिसा फोरेर हाफ फालेका थिए। केही बरन्डाबाट हाम फालेर ज्यान जोगाएका थिए।

अहिले १७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार आगलागीको समयमा भवनमा ६० जना यात्रु थिए।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077