Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु

    दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1K
    SHARES

    भियतनाम । दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाकोभियतनामको दक्षिणी सहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

    मंगलबार राति कम्प्लेक्सको दोस्रो तल्लाबाट सल्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।



    त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केहीले झ्यालको सिसा फोरेर हाफ फालेका थिए। केही बरन्डाबाट हाम फालेर ज्यान जोगाएका थिए।



    अहिले १७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ।

    मन्त्रालयका अनुसार आगलागीको समयमा भवनमा ६० जना यात्रु थिए।

    आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार