Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायोचित हिस्सा र भागेदारी नभए गठबन्धनको अर्थ हुँदैन : उपेन्द्र यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरले सिट बाँडफाँट नभए गठबन्धनको अर्थ नहुुने बताएका छन् ।

वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले भने ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ ।’

गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उनले बताए ।

सिट बाँडफाँट कार्यादललाई प्रतिवेदन बुझाउन भनिएको बताउँदै उनले त्यो प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी बाँडफाँट टुंग्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077