Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जनताको बीचमा जान पनि कांग्रेस अंशबण्डा गरिरहेको छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेस रामराम भन्ने अवस्थामा पुगेको बताएका छन् ।

काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरे ।

उनले विपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकर्ता र नेतालाई नरहेको भन्दै टिकट किनेर पार्टी प्रवेश गर्ने गरेको बताए।

उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077