Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभाका चारै समितिका सभापतिले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले सपथ लिएका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।

दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्विरोध भएका थिए ।

करिब ७ महिनादेखि रिक्त चारवटा समितिमा चार प्रमुख दलले एक-एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने समझदारी बनेको थियो । बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो ।

राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए ।

रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077