Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

निहारिका प्रकरण : उच्च अदालत जनकपुरमा हाजिर भए शिवराज श्रेष्ठ

काठमाडौं । निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहबाट जन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् । यसअघि उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेकी थिइन् ।

निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो । धनुषा जिल्ला अदालतले पनि जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाई दिँदै नाता कायमका लागि अर्कै मुद्दा लिएर आउन भनेको थियो ।

निहारिकाले भने आफूमाथि बलात्कार नै भएको भन्दै आरोपितलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेकी छिन् । जिल्ला अदालतले आफूलाई हराइदिएपछि निहारिकाले न्यायालय र न्यायाधीशमाथि पनि विभिन्न आरोप लगाएकी थिइन् । त्यसपछि सरकारी वकिल पुनरावेदनको मुद्दा लिएर उच्च अदालत गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077