Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित राकेश पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर घर भएका २४ वर्षीय राकेश थाम्सुहाङ रहेका छन् ।

नागढुंगास्थित चेकप्वाइन्टमा भारतको सिलगुडीबाट काठमाडौंतर्फ आइरहेको डब्लु बी २५ के २९४० नम्बरको यात्रुबाहक बसमा सवार

उनलाई चेकजाँच गर्ने क्रममा ७.९ ग्राम लागुऔषध ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार थाम्सुहाङलाई काठमाडौं जिल्ला अदालतबाट ७ को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077