Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चोरिएका मोटरसाइकलसहित ३ जना पक्राउ

सिरहा । प्रहरीले चोरिएको दुई वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दुई मोटरसाइकलसहित लहान नगरपालिका ३ बस्ने २० बर्षीय नवीन कुमार महतो, वडा नम्बर ३ बस्ने २४ बर्षीय राकेश राय र २२ बर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो ।

लहानस्थित प्रादेशिक अस्पतालको पार्किङ स्थलबाट चोरी भएको को.२६ प १८३६ र लहान १ बाट चोरी भएको स.६ प १७७ नम्बरको मोटरसाइकल छुट्टाछुट्टै मितिमा चोरी भएको थियो ।

पक्राउ परेका तीनै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077