Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भृकुटीमण्डपमा सुरु भयो पाँच दिने फर्निचर एक्स्पो, मेलामा झण्डै ५० प्रतिशत फर्निचर आयात

    भृकुटीमण्डपमा सुरु भयो पाँच दिने फर्निचर एक्स्पो, मेलामा झण्डै ५० प्रतिशत फर्निचर आयात

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 744
    SHARES

    काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ सुरु भएको छ ।

    नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आजदेखि यही भदौ २७ गतेसम्म चल्ने एक्स्पोको बिहीबार बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए ।



    मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता छ ।



    जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको प्रायोजन गरेका छन्।

    किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री मेलामा रहेको संघका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए।

    नेपालमा ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यसको झण्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको बताइन्छ।

    सङ्घले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फनिर्सिङ सामग्रीको मेला आयोजना गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार