Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा विरुद्ध मुद्दा हालेर पार्टी फुटाइदिने कट्टेल र प्रचण्डबीच घोचपेच

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच सवाल जवाफ भएको छ ।

सवाल जवाफका क्रममा प्रचण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर कट्टेलले पार्टी फुटाइदिएको भन्दै आक्रोश समेत पोखेका छन्।

बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल बैरागी स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड कट्टेलमाथि खनिएका हुन् ।

अध्यक्ष दाहालभन्दा अगाडि मन्तव्य राखेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए ।

सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति आक्रोश पोखेका हुन् ।

उनले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताए । उनले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077