Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दाना उद्योगमा आगलागी हुँदा डेढ करोडको क्षति

चितवन । चितवनको एक दाना उद्योगमा आगलागी हुँदा डेढ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।

बिहीबार राति पौने दुई बजेतिर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिका-३ झुरङुरेको मञ्जुश्री दाना उद्योगमा आगलागी भएको हो ।

किरण ओलीको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना रहेको गोदाममा विद्युत सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट दाना उद्योगको मेसिन, बिजुलीका सामानहरू, गोदाममा राखेको दाना नष्ट भएको बताइएको छ ।

आगलागीबाट एक करोड ५० लाख रूपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077