Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले-लोसपाबीच चुनावी गठबन्धनको मौखिक सहमति

काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धनको मौखिक सहमति भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमाले र लोसपाबीच गठबन्धन हुन लागेको हो।

दुवै पार्टीका नेताहरूबीच पटक–पटक भएको भेटवार्ता तथा अनौपचारिक संवादमा गठबन्धन गर्ने सहमति भएको हो ।

स्रोतका अनुसार बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको भेटवार्तामा पनि त्यस विषयमा सहमति भएको छ ।

नेपाली कांग्रेसले गठबन्धनका लागि लोसपालाई प्रस्ताव गरेपनि ठोस जवाफ नदिएपछि लोसपाले एमालेसँग गठबन्धन गर्न लागेको हो।

पछिल्लो २ महिनादेखि प्रधानमन्त्री देउवाले गठबन्धनमा आउनका लागि लोसपालाई बोलाएर पनि ठोस जवाफ नदिएपछि एमालेसँग गठबन्धन गर्न लागेको लोसपाका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077