Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले-लोसपाबीच चुनावी गठबन्धनको मौखिक सहमति

    एमाले-लोसपाबीच चुनावी गठबन्धनको मौखिक सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धनको मौखिक सहमति भएको छ ।

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमाले र लोसपाबीच गठबन्धन हुन लागेको हो।



    दुवै पार्टीका नेताहरूबीच पटक–पटक भएको भेटवार्ता तथा अनौपचारिक संवादमा गठबन्धन गर्ने सहमति भएको हो ।



    स्रोतका अनुसार बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको भेटवार्तामा पनि त्यस विषयमा सहमति भएको छ ।

    नेपाली कांग्रेसले गठबन्धनका लागि लोसपालाई प्रस्ताव गरेपनि ठोस जवाफ नदिएपछि लोसपाले एमालेसँग गठबन्धन गर्न लागेको हो।

    पछिल्लो २ महिनादेखि प्रधानमन्त्री देउवाले गठबन्धनमा आउनका लागि लोसपालाई बोलाएर पनि ठोस जवाफ नदिएपछि एमालेसँग गठबन्धन गर्न लागेको लोसपाका एक नेताले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार