Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूमिसम्बन्धी नीति बनाउने एमालेकाे निर्णय

काठमाडौं । एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ ।

विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।

विभागका उपप्रमुख भीम कार्कीको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्ययोजनाको प्रमुख कामका रूपमा भूमिसम्बन्धी नीतिपत्र तयारी र प्रकाशनलाई लिएको छ । बैठकले भूमिसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगले गरेका कामको अभिलेख तयार गरी तिनलाई जनतासम्म पुर्‍याउने योजना विभागले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077