Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागुऔषध र हतियारसहित मण्डल पक्राउ

सिरहा । प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर–२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो ।

विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्याबलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एकएक थान, फाइटर रिङ ६ थान,

पेस्तोलजस्तो देखिने लाइटर एक थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077