Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महेश बस्नेतको दाबी- चुनावपछि एमाले सरकारमा आउँछ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ४ मंसिरको निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीनिकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा बस्नेतले एमाले फुटाउने र अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिई फेरि अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरूलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनी दिए ।

‘मंसिर ४ गतेपछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरूलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ,’ बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077