Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्दिरको दानपेटिका फुटाएर एक लाख चोरी, एक जना पक्राउ

सुनसरी । रामजानकी गुठी मन्दिरको दानपेटिकाबाट रकम चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इनरुवा-४ का २३ वर्षीय रोशनकुमार यादव रहेका छन् । प्रहरीका अनुसार दानपेटिका फुटाएर एक लाख २५ हजार रुपैयाँ चोरी भएको थियो ।

मन्दिरको दुईवटा दानपेटिका फुटाएर यादवले रकम चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रकम चोरी गरेपछि भारततिर भाग्न खोज्दै गर्दा यादवलाई इनरुवा-३ बाट पक्राउ गरिएको हो ।

प्रहरीले उनीविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077