Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर एमाले प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष ओली निवास बालकोट पुगेर राय एमाले प्रवेश गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

सल्यान जिल्लाको शारदा नगपालिका वडा नम्बर ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य गुलावजङ्ग शाहको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077