Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसिया कप क्रिकेटमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ

मोरङ । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर ११ बाट उनीहरूलाई शुक्रवार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-११ पिचरा बस्ने वर्ष ४२ का राजेश ठाकुर, वर्ष २८ का रवि सहनी, वर्ष ३४ का नारायण श्रेष्ठ र वर्ष २३ का अजय सहनी रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सट्टेबाजी खेलमा प्रयोग गरिएको ४ थान मोबाइल र १८ हजार ५०० रूपैया नगदसमेत बरामद गरिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077