Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • महाभियोग सिफारिस समितिको बैठक बस्दै

    महाभियोग सिफारिस समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।

    सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्न लागेको हो । तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ ।



    अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले जानकारी दिए । समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन्। महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन् ।



    असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यदि हाल कायम प्रतिनिधिसभाबाट महाअभियोग नटुंगिए निलम्बित प्रधानन्यायाधीश राणा असोज २ गते सर्वोच्च अदालत आउनसक्ने चर्चा चलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार