Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • महाअभियोग सिफारिस समितिको बैठक बस्दै, अध्ययन कार्यतालिका पेश हुने

    महाअभियोग सिफारिस समितिको बैठक बस्दै, अध्ययन कार्यतालिका पेश हुने

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 717
    SHARES

    काठमाडौं । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि बनेको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।

    दिउँसो २ बजे बस्ने बैठकमा भदौ १ गतेको बैठकमा बितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र जबरामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसुची रहेको छ ।



    बैठकमा समितिको सभापति चयन गर्ने विषय पनि उठ्न सक्ने जनाइएको छ । समितिले प्रतिनिधि सभामा दर्ता भएको जबराबिरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी श्रावण २२ मा पाएको थियो ।



    जिम्मेवारी पाएको ९ दिनपछि समितिको पहिलो बैठक बसेको थियो । २०७८ को फागुन १ मा ९८ जना प्रतिनिधि सभा सांसदहरुले जबराबिरुद्ध महाअभियोग दर्ता गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार