Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वडा सदस्यमा पराजित झा प्रदेशसभा सदस्यमा सिफारिस

काठमाडौँ । गत स्थानीय चुनावमा धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन् ।

पछिल्लो स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका-४ मा वडा सदस्य पदमा पराजित दिपक कुमार झालाई (लोसपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यको रुपमा अगाडी सारेका छन्।

उनी गत स्थानीय निर्वाचनमा लोसपाको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका थिए।

तर नेपाली काँग्रेसका प्रशन कुमार झासँग झण्डै ४ सयको मतान्तरले पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077