Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्दिरका पुजारीलाई गोली हानेर भागेका कासिम पक्राउ

रौतहट । हनुमान मन्दिरका पुजारीलाई गोली हानेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

देवाही गोनाही नगरपालिका–१ करुनिय घर भएका मोहमद कासिम उर्फ शेख विकाउलाई पक्राउ गरिएको हो ।

२०७७ भदौ ३ मा ६५ वर्षीया पुजारी श्रीराम शाहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो ।

दुई वर्षपछि पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै, लागु औषध मुद्दामा फरार रौतहटको यमुनामाई गाउँपालिका घर भएका राम नरेश शाह कानुलाई पनि प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय कानुलाई भदौ २४ मा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077