Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भन्दै ठग्ने दुईजना पक्राउ

काठमाडौं । फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनालाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रेम बहादुर मगर र तोकमान तामाङ छन् ।

उनीहरुले ‘सुन हो’ भनेर सस्तोमा बेच्ने बहाना गरेर ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले अरोपीहरुको साथबाट फलाममा सुन लेपन गरिएको एक किलो धातु बरामद गरेको छ ।

आरोपीहरुबाट प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077