Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनी सेनाले फिर्ता लियो रूसले कब्जा गरेको आफ्ना पूर्वी सहर

एजेन्सी । युक्रेनको सेनाले आफ्नो केही पूर्वी सहरलाई पुनः नियन्त्रणमा लिएको छ। युक्रेनका अधिकारीहरुले दिएको जानकारी अनुसार युक्रेनका सेनाले कुपिनास्क सहरलाई आफ्नो नियन्त्रणमा लिएका हुन्।

पूर्वी आपूर्तिको लागि यो सहर निकै महत्वपूर्ण मानिएको छ। शनिबार युक्रेनी सेनाले उक्त सहरमा आफ्नो नियन्त्रण हासिल गरेको हो।

रुसको रक्षा मन्त्रालयले पनि यो समाचार सार्वजनिक भएसँगै आफ्नो सेनाले पनि पुनः संगठित भएर आक्रमण बढाइने बताएको छ। मन्त्रालयले आफ्ना सेना तेस्रो प्रमुख सहर बालाक्लियाबाट पनि फिर्ता भएको पुष्टि गरेको छ।

गत अप्रिलमा रुसी सेना किभबाट फिर्ता भएयता युक्रेनी सेनाको यो सबैभन्दा ठूलो उपलब्धि भएको बीबीसीले उल्लेख गरेको छ।

शनिबार राति एक भिडियो जारी गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई हजार वर्गकिलोमिटरको भू–भाग स्वतन्त्र गरेको दाबी गरेका छन्।

रुसी सेना इजुएम सहरबाट फिर्ता हुनु युक्रेनको लागि महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077