Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रदेश निजामती ऐनको विरोधमा उत्रिएका ५ कर्मचारी मुख्यमन्त्री कार्यालयबाटै पक्राउ

    प्रदेश निजामती ऐनको विरोधमा उत्रिएका ५ कर्मचारी मुख्यमन्त्री कार्यालयबाटै पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 780
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा उत्रिएका ५ जना कर्मचारी प्रक्राउ परेका छन् ।

    उक्त ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको भन्दै गण्डकीका स्थानीय तहका निजामती कर्मचारी मुख्यमन्त्री कार्यालय हाताभित्रै आइतबार विरोधमा उत्रिएका थिए ।



    विरोध ब्यानर निकालेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ र कानुन मन्त्रालय रहेको भवनको हाताभित्रै नाराबाजी गरेपछि पोखरा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल, कर्मचारी चन्द्रकान्त तिमिल्सिनालगायत ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो भने निजामति कर्मचारीको आन्दोलनलाई पनि प्रहरीले हटाएको छ ।



    निषेधित क्षेत्रमा कालो ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै गण्डकीका स्थानीय तहका कर्मचारीले आन्दोलन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार