Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

पोखरा । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१३ ऐश्वर्य टोल बस्ने ४४ वर्षीया सूर्यकुमारी गुरुङको घरबाट उनिहरुलाई पक्राउ गरेको हो ।

सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी राम बजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077