Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीद्धारा राजीनामा

    नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीद्धारा राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 870
    SHARES

    काठमाडौं नपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेका हुन्।



    उनले आफूले ५२५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताएका छन्। उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।



    गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए । विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी महिनादेखि उतै बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार