Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एन्फा र प्रशिक्षक अल्मुताइरीबीचको विवाद मिल्यो, थप तीन बर्ष सम्झौता गर्ने दुवैको सहमति

    एन्फा र प्रशिक्षक अल्मुताइरीबीचको विवाद मिल्यो, थप तीन बर्ष सम्झौता गर्ने दुवैको सहमति

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थप तीन वर्षे सम्झौता गर्ने भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरीले तीन वर्षे सम्झौता गर्ने भएका हुन् ।



    पछिल्लो समय प्रशिक्षक अल्मुताइरी र एन्फा पदाधिकारीहरुबीच केही विवाद देखिएको थियो। साथै, प्रशिक्षक अल्मुताइरी साफ च्याम्पियनसिपका बेला नेपाली मिडियाहरुसँग रुष्ट बन्दै नेपाल नफर्किने घोषणा गरेका थिए।



    प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपालले साफ फुटबलमा ऐतिहासिक छलाङ मार्दै फाइनलसम्मको यात्रा तय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार