Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली खेलकुदको भविष्य जोगाउन अल्मुताइरीको सरकारलाई अनुरोध

    नेपाली खेलकुदको भविष्य जोगाउन अल्मुताइरीको सरकारलाई अनुरोध

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन् ।

    पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू अस्ट्रेलिया पलायन भइरहेको समयलाई इंगित गर्दै उनले विदेश जाने खेलाडीहरू दोषी नभएको बताएका हुन् ।



    अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु।’



    उनले खेलकुदको भविष्य जोगाउन सरोकारवाला निकायहरूले ५ देखि ७ जनाको टिम नै बनाएर समस्या समाधानको विषयमा सोच्नु पर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार