Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाउन मूल समारोह समिति गठन

बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस विशेष रूपमा मनाउनका लागि एक सय सदस्यीय संविधान दिवस मूल समारोह समिति गठन गरेको छ ।

आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो ।

समितिमा मुख्यमन्त्री केसीका अतिरिक्त प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, मुख्य न्यायाधीश, स्थानीय तह, विभिन्न प्रदेशस्तरका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू छन् ।

संविधान दिवसको अवसरमा असोज २, ३, ४ गते विभिन्न कार्यक्रम आयोजना गरिने प्रदेश सरकारले जनाएको छ ।

आइतबार बसेको बैठकले आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख र आन्तरिक मामिला तथा सञ्चार सचिव सदस्यसचिव रहेको निर्देशक समितिसमेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077