Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती प्रदेशसभा सदस्य माझीद्वारा राप्रपा परित्याग

काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य रिता माझीले पार्टी परित्यागको घोषणा गरेकी छन् ।

आइतबार एक विज्ञप्तिमार्फत उनले पार्टी परित्यागको घोषणा गरेकी हुन् । वर्तमान आवश्यकतालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन असफल भएको उनको दाबी छ ।

साँघुरो सोच र ब्यबहार , सङ्कीर्णता, अहंकार ,कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएको भन्दै उनले यस्तो परिवेशमा राप्रपाबाट आफूहरुले परिकल्पना गरेको शक्ति निर्माण गर्न असम्भव रहेको जिकिर गरेकी छन् ।

उनले राप्रपाको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको भन्दै अहिलेसम्मको सहयात्राका निमित्त सबैप्रति आभार प्रकट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077