Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ ।

नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077