Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

केही युवाहरु सडकमा उत्रिएको देख्दा उदेक लाग्छ, राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने बताएका छन् । सोमवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । उनले विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनी केही युवाहरू सडकमा उत्रिएका देख्दा उदेक लागेको बताए । उनले लेखेका छन्,'प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ। जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ। तर,विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ। युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077