Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीबाट २० औँ सत्याग्रह सुरु गर्दै डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीले आजदेखि धनगढी पुगेर सत्याग्रह सुरु गर्ने भएका छन् ।

डा.केसी आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी फ्लाइटमार्फत् धनगढी जान लागेको हुन् ।

सरकारको तर्फबाट मागहरुमाथि केही सम्बोधन हुन्छ कि भनेर कुरेँको भएपनि रेस्पोन्स नआएपछि आजै धनगढी जान लागेका हुन् ।

केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् ।

यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077