Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रहरी र मिटरब्याज पीडितबीच कीर्तिपुरमा झडप, एक दर्जन घाइते

    प्रहरी र मिटरब्याज पीडितबीच कीर्तिपुरमा झडप, एक दर्जन घाइते

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 786
    SHARES

    काठमाडौं । मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार माइतीघर आउन लागेका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो।

    बसेको स्थान चन्द्रागिरी-१५ तीनथानाबाट निस्किन नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन्।



    उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ। प्रहरीले माइतीघर आउन नदिएपछि पीडितहरु सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।



    प्रहरीले उनीहरुलाई नियन्त्रणमा समेत लिएको छ। मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार