Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मिटर ब्याजीको प्रमाण संकलनमा प्रहरी

    मिटर ब्याजीको प्रमाण संकलनमा प्रहरी

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 657
    SHARES

    चितवन । मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ ।

    सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको प्रमाण सङ्कलनमा प्रहरी लागेको हो ।



    मिटर ब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।



    उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सहमति हुन नसकेर १३ उजुरी कारबाहीका लागि प्रहरी कार्यालय आएको छ ।

    ती उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । केही उजुरीका विषयमा सरकारी वकिल कार्यालयसँग राय माग्ने काम भइरहेको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार