Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मिटरब्याज पीडितहरुले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म मार्चपास गर्ने

    मिटरब्याज पीडितहरुले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म मार्चपास गर्ने

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । किसान-मजदुर संघर्ष समितिले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गर्ने भएको छ।

    समितिले मिटर ब्याज तथा ठगीविरूद्ध बिहीबार दिउँसो दुई बजे माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गर्ने बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै जनाएको छ।



    ‘काठमाडौंमा सडक संघर्ष सुरू भएको आगामी बिहीबार एक महिना पुग्छ। सो दिन संघर्ष समितिको आह्वानमा किसान-मजदुर मार्च हुँदैछ। विभिन्न दलसँग आबद्ध किसान तथा मजदुर संगठन, अन्य पेशागत संगठन र सम्पूर्ण अधिकारकर्मीलाई यस मार्चमा उत्साहप्रद सहभागिता जनाउन संघर्ष समिति हार्दिक आह्वान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।



    सरकारले दृष्टिबन्धकलगायत अन्य तमसुक अवैध घोषणा गर्दै किसानलाई क्षतिपूर्ति दिनुपर्ने समितिको माग छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार