Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नारायणकाजी श्रेष्ठ भन्छन् - मन्त्रीहरु चुनाव प्रचारमा जान पाउनुपर्छ

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले चुनाव प्रचारमा जान नपाउने आचार संहिताको व्यवस्थाको विरोध गरेका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा सांसद श्रेष्ठले यस्तो बताएका हुन्।

उनले भने, ‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने, त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने, तर मन्त्रीहरुले आफैं उम्मेदवार भएको छ भने बाहेक अन्त चुनाव प्रचार नगर्ने भन्ने मिल्दैन ।’

यसलाई सच्याउनुपर्ने उनले बताए । बरु राज्य र सरकारको साधन स्रोतको दुरुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077