Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोविन्द केसीद्धारा धनगढीबाट फेरि अनसन सुरु

धनगढी । चिकित्सा क्षेत्र सुधार अभियन्ता डा.गोविन्द केसीले धनगढी पुगेर अनसन सुरु गरेका छन्।

माग सम्बोधनमा सरकार गम्भीर नबनेको भन्दै डा. केसीले २०औं सत्याग्रह सुरु गरेका हुन्।

उनी धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनसन बसेका छन्। सरकारले माग सम्बोधनमा संवेदनशील नभएपछि अनसन बस्न बाध्य भएको बताए।

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077