Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईसीसी टी–२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ ।

अनुभवी फास्ट बलर जसप्रित बुमराह र हर्षल पटेल टोलीमा फर्किएका छन् । मोहम्मद शामी र दीपक चाहर भने छनोट भएका छैनन् । तर, शामी र चाहरलाई स्ट्यान्डबाइ खेलाडीका रुपमा छनोट गरिएको छ । उनीसँगै श्रेयस अय्यर र रवि बिश्नोईलाई पनि स्ट्यान्डबाइ खेलाडीमा राखिएको छ ।

१५ सदस्यीय टोलीमा रविन्द्र जडेजा पनि छैनन् । चोटका कारण उनी टोलीमा रहने छैनन् । एसिया कपका क्रममा जडेजा घाइते भएका थिए । उनको शल्यक्रिया भइसकेको छ र करिब चारदेखि पाँच महिनासम्म उनी खेल्न सक्ने छैनन् । जडेजाको स्थानमा अक्षर पटेललाई छनोट गरिएको छ ।

विश्वकप खेल्ने भारतीय टिमस् रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेटकीपर), दिनेश कार्तिक (विकेटकीपर), हार्दिक पाण्डेय, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, अक्षर पटेल, जसप्रीत बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077